Section 46
मालवस्तु बुझाउनु पर्ने
(१) यस ऐन बमोजिम भन्सार कार्यालयको कुनै कर्मचारी वा अन्य निकायले दफा ४४ बमोजिम कब्जामा लिएको मालवस्तु र दफा ४५ बमोजिमको फेहरिस्तको एक प्रति यथाशीघ्र भन्सार अधिकृत समक्ष बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम मालवस्तु दाखिला भएपछि भन्सार अधिकृतले त्यस्तो मालवस्तु यस ऐन बमोजिम कब्जा गर्नुपर्ने हो वा होइन भन्ने कुराको जाँचबुझ गर्नु पर्नेछ । त्यसरी जाँचबुझ गर्दा त्यस्तो मालवस्तु विना कारण कब्जामा लिएको वा कङ्जामा लिनु नपर्ने देखिएमा निजले तुरुन्त त्यस्तो मालवस्तुको धनीलाई सो मालवस्तु फिर्ता दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा मालवस्तु जफत हुने देखिएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुका सम्बन्धमा यस ऐन बमोजिमको कारबाही चलाउनु पर्नेछ ।